दफा ६२
प्रत्येक सदस्यले कसूर गरेको मानिने

गैरकानूनी भेलाको कुनै सदस्यले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्नको लागि कुनै कसूर गरेमा त्यस्तो कसूरहुँदाको बखत त्यस्तो कसूर गर्न जानीजानी सहयोग पुर्याउने सो भेलाका प्रत्येक सदस्यले त्यस्तो कसूर गरेको मानिनेछ।